Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनसँग वार्ताको सम्भावना कायम रहेको रुसका परराष्ट्रमन्त्रीको भनाइ

एजेन्सी । रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले युक्रेनसँग वार्ताको सम्भावना कायमै रहेको बताएका छन् ।

गत मार्च महिनाको अन्त्यतिर इस्तानबुलमा बसेदेखि रुस र युक्रेनका प्रतिनिधिहरूले वार्ता गरेका छैनन् ।

रुसले शुरूमा शान्ति प्रक्रियाका बारेमा आशा व्यक्त गरेको भए पनि टर्कीमा भएको प्रगतिबाट युक्रेन पछि हटेको आरोप लगाएको थियो । युक्रेनी सम्झौताकारप्रति आफ्नो विश्वास गुमेको रुसले बताएको थियो ।

हालैका महिनामा युक्रेनले सम्झौताका लागि रुस युद्धभूमिमा पूर्ण पराजित हुनुपर्ने बताउँदै आएको छ ।

यसैबीच युक्रेनले खार्किभ क्षेत्रमा व्यापक प्रत्याक्रमण कारवाही चलाएको भए पनि आफ्नो लक्ष्य पूरा गरिछाड्ने रुसले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077