Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीको चपेटामा परेको पाकिस्तानलाई राहत सामग्री सहयोग गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीको चपेटामा परेको पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो ।

‘ बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरु प्रदान

गर्ने नेपाल सरकार मन्त्रिपरिषद् बाट मिति २०७९/०५/२१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सरकारले पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षतिप्रति दुःखसमेत व्यक्र गरेको छ ।

सरकारले उक्त विपद्मा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077