Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिचुवान भूकम्प : मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

एजेन्सी । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

गत सेप्टेम्बर ५ मा गएको भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् ।

उद्धार मुख्यालयका अनुसार लुडिङस्थित गान्जी प्रान्तमा ५५ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ ५ बजेसम्म यान शहरमा ३८ जनाको मृत्यु भएको छ । बेपत्ता भएका मध्ये ९ जना लुडिङका र १६ जना यानको शिमियान काउन्टीका रहेका छन् ।

सेप्टेम्बर ५ का दिनमा स्थानीय समयानुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको ‘चाइना भूकम्प नेटवर्क सेन्टर’ले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077