Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाको प्रश्न - गठबन्धनमा प्रधानमन्त्रीको उमेदवार को रहेछ ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।

गठबन्धनका दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सीट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् ।

बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरू जनतासँग तर्सेकै हुन् ।’

गठबन्धनका दलहरू जनतालाई झुक्याउन लागिपरेको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077