Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश कमिटीबाट अफ्ताब आलमको नाम सिफारिस गर्ने काँग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश कमिटीले पनि पूर्वमन्त्री एवं सांसद अफ्ताब आलमको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनको नाम सर्वसम्मत पठाएको थियो।

क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए।

आलम जिउँदा मान्छेलाई इँटाभट्टामा हालेको आरोपमा अहिल पुर्पक्षका लागि जेलमा रहेका छन् ।

आलममाथि २०६४ चैत २७ गते पहिलो संविधानसभा चुनावमा विस्फोटक पदार्थ बनाउने क्रममा घाइतेलाई जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।

आलमले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढ्दै स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077