Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुटवलबाट सम्पर्कविहीन भएका तीन विद्यार्थी मुम्बईमा फेला

बुटवल । रुपन्देहीको बुटवलबाट शुक्रबारदेखि सम्पर्कविहीन भएका तीन विद्यार्थी भारतको मुम्बईमा भेटिएका छन् ।

घरबाट विद्यालय जान हिँडेका बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी सम्पर्कविहीन भएका थिए ।

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोज कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुटवलले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको प्रतिक्रिया बताए । डीएसपी ठग बहादुर केसीले बेपत्ता बालकमध्ये एक जनाको अभिभावकसमक्ष पुगेको र बालकहरू सुरक्षित रहेको खबर आएको बताए ।

'अन्य २ बालकका अभिभावक जाँदै हुनुहुन्छ । त्यसपछि थप अनुसन्धान सुरु हुन्छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077