Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१५ दिनमा हजारभन्दा बढी कर्मचारी सरुवा, सरुवामा झन्डै ३ हजार प्रहरी

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागू तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरी सरुवामा तीव्रता दिएको छ ।

विगत ढेड सातामै हजारभन्दा बढी कर्मचारी सरुवा गरेको सरकारले त्यस अवधिमा झन्डै ३ हजारको संख्यामा प्रहरी सरुवा गरेको हो ।

निर्वाचनमा आफु अनुकूलका कर्मचारी पठाउने उद्देश्यअनुसार बिनामापदण्ड मनपर्दी कर्मचारी सरुवा गर्न थालिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार मात्रै अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारी सरुवा गरेको थियो ।

सो मन्त्रालयले गरेको सरुवामा ‘अत्यधिक विकृति देखिएको’ मन्त्रालयकै कर्मचारीको गुनासो छ । ‘सोर्सफोर्स र आर्थिक चलखेल’का आधारमा सरुवालाई तीव्रता दिइदै आएको मन्त्रालयकै कर्मचारीको दाबी छ ।

यसबीच प्रहरी प्रधानकार्यालयले पनि गएको १९ भदौमा २ हजार ८ सय ८४ कर्मचारी सरुवा गरेको छ भने त्यसयता केही प्रमुखसमेत सरुवा भएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077