Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीपहिरो पीडितका लागि राहत बोकेर तीन मन्त्री दार्चुलातिर उडे

धनगढी । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ उडेका छन्।

मन्त्रीत्रय बडु, रावल र धामी राहत सामग्री लिएर दार्चुलातर्फ लागेका हुन्।

बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली त्यहाँतर्फ उडेको बताइएको छ।

दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा परेर ५ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077