Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भदौ २९ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शनिबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

शनिबार १ गतेका लागि आह्वान गरिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा अर्को बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

मिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्ने नसक्ने भएकोु भन्ने सूचनामा उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेगरी समय तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077