Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • औपचारिकतामै सीमित कांग्रेस अभियान

    औपचारिकतामै सीमित कांग्रेस अभियान

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 711
    SHARES

    काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ ।

    जनतालाई आफ्ना कुरा सुनाउने र जनताका कुरा सुन्ने भन्दै सुरु गरिएको अभियान औपचारिकतामै सीमित बन्न पुगेको छ । नेताहरूको ध्यान जनताको कुरा सुन्नेभन्दा पनि निर्वाचनमा कसरी उम्मेदवार बन्ने भन्नेतिर केन्द्रित हुँदा कांग्रेस अभियान औपचारिकतामै सीमित बन्न पुगेको हो ।



    पार्टीका कार्यक्रम र अजेन्डा लिएर जनतामाझ जानुपर्ने कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरू यसबीचको अधिकांश समय केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रदेश र प्रतिनिधिसभामा आआफ्ना जिल्ला र क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकको नाम सिफारिसमै केन्द्रित बने ।



    आ-आफ्ना तहबाट नाम सिफारिस भएपछि जिल्ला तहका धैरैजसो नेताहरू केन्द्रीय नेता मिलाउन काठमाडौंमा सक्रिय छन् । जिल्ला तहका प्रभावशाली नेता राजधानीमै केन्द्रित भएपछि धादिङ कांग्रेससहित कतिपय जिल्ला र क्षेत्रीय समितिले अभियानको समापन कार्यक्रम पनि काठमाडौंमै गरे । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार