Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरिया परमाणु हतियार सम्पन्न देश घोषणा

एजेन्सी । उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा गरेको छ । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको हो ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा उल्लेख छ । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले यो घोषणामा कुनै परिवर्तन नहुने बताएका छन् ।

उनले यसबारेमा कुनै पनि स्तरको वार्ताको सम्भावना नहुने पनि बताए । यस कानुनका अनुसार उत्तर कोरियालाई आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने अधिकार हुनेछ ।

विभिन्न प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ र २०१७ को बीचमा ६ परमाणु परीक्षण गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को कैयौँ प्रस्तावको बाबजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077