Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार,तीन जना पक्राउ

धनगढी । कैलालीको घोडाघोडीमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

घोडाघोडी नगरपालिका-१ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेका हुन् ।

यही भदौ २१ गते मंगलबार राति ४ जनाले सामुहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन्।

काम छ भन्दै एकान्तमा बोलाई जवरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ। किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपितमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । थप एक जना फरार रहेको र फरार भएका व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077