Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोहन वैद्य नेतृत्वको पार्टीका असन्तुष्ट समूहद्वारा ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा

काठमाडौं ।  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टी असन्तुष्ट समूहले नयाँ मोर्चा घोषणा गरेको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो ।

नवगठित मोर्चाले आगामी मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनसमेत बहिष्कार गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष विष्णु खड्काले पार्टीभित्र आफूहरुले विद्रोह गरेर संयुक्त राजीनामा दिएर नयाँ मोर्चाको घोषणा गरेको जानकारी दिए । राजनीतिक पार्टी जनताको बीचमा जानुपर्छ भन्ने माग राखेपनि नेतृत्वले त्यसमा सुनुवाई नगरेको उनले स्पष्ट पारे ।

सोही पार्टीमा बसेर नेपाली जनताको हित र विकासको काम हुन नसक्ने आफूहरुले निश्कर्ष निकालेको र लगत्तै मोर्चा गठन गरेको उनको स्पष्टोक्ति थियो । उनले पार्टी क्रान्तिकारी मुद्दाहरु लागु नगरी दासहरू उत्पादन गर्ने भट्टीको रुपमा विकास भएकोसमेत आरोप लगाए ।

अध्यक्ष खड्काले वैद्य नेतृत्वको पार्टीभित्र स्वार्थका झुण्डहरूको गुट, नेतृत्वको गुलामी गर्नेको समूह, दलालीकरणको विकाससँगै क्रान्तिकारी आवरणमा प्रतिक्रान्तिकारीहरु हावी भएको समेत टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077