Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिट बाँडफाँटको विषय आजै टुंगो लाग्ने माओवादी अध्यक्ष प्रचण्डको दाबी

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय आजै टुंगो लाग्ने दाबी गरेका छन् ।

पोखरामा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले दिउँसो २ बस्ने सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगोमा पुर्‍याउने बताएका हुन् । उनले शुक्रबार दिउँसो २ बजेदेखि बैठक बस्ने र ३ बजेपछि टुंगोमा पुग्नेगरी समझादारी बनेको बताए ।

‘गठबन्धनको सकारात्मक ढंगले समझदारीको निकटमा छौं। हिजो अरु नेताको अन्यत्र कार्यक्रम नपरेको भए हिजैं टुंगो लाग्थ्यो,’ प्रचण्डले भने, ‘२ बजेबाट हामी र ३ बजेदेखि आजै टुंग्याउनेगरी अघि बढेका छौं। जटिल केही भएको छैन्। समझदारी बनाएर जान्छौं।’

सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुंगो नलगाई बिहीबार अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएका थिए । आफूले दाबी गरेकाभन्दा केही सिट घट्न गठबन्धनका सबै दल तयार भए पनि सिट संख्यामा सहमति हुन सकेको छैन।

यस्तै उनले मंसिरमा हुने प्रतिनिधि सभा चुनावपछि को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै सत्ता गठबन्धनमा छलफल गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् । चुनावअघि प्रधानमन्त्री तोकेर जाने मुडमा आफूहरू नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077