Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड भन्छन् - चुनावपछि मेरो ध्यान आर्थिक विकासमा केन्द्रित हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनपछि अर्थतन्त्र सुधार गर्ने अभिव्यक्ति दिएका दिएका छन् ।

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको नेतृत्व गरेर आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

उनले भने, 'अब चाहन्छु आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानुनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरू र अन्तर्राष्ट्रिय मित्रहरूबीचको सहकार्यलाई नयाँ उचाइँमा उठाइनेछ ।'

वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिइकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077