Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१ असोजबाट आचारसंहिता लगाउने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ असोजबाट आचारसंहिता कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

आयोगले विगतको अभ्यासअनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने समयलाई आधार मानेर आचारसंहिता लागू गर्ने तयारी गरेको हो।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने समयअगावै आचारसंहिता लागू हुने सम्भावना छ।

आयोगले १३ भदौमा आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। आचारसंहितामा चुनावी प्रचारप्रसारमा राष्ट्रिय झन्डा प्रयोगको अनुमति दिने, विदेशी नम्बर प्लेटका सवारी प्रयोगमा रोक लगाउनेलगायत व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077