Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनका गरगहना र मोबाइल चोरी गर्ने दुईजना पक्राउ

झापा । सुनका गरगहना र मोबाइल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-१० निवासी २२ वर्षीय रितिककुमार शर्मा र भद्रपुर- ७ निवासी रोशन राजवंशी रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट रेडमी कम्पनीको एउटा मोबाइल, सुनको चुरा २ टुक्रा, सुनको पञ्चरत्न २ टुक्रा, सुनको ब्रास्लेट एउटा, कानमा लगाउने सुनको रामलीला २ थान र सुनको चन्द्रमा २ टुक्रा बरामद गरेको छ ।

प्रहरीका अनुसार गत भदौ १ गते दिउँसो अन्दाजी साढे ४ बजेको समयमा भद्रपुर-७ स्थित विषम टोल निवासी राजेन्द्र गिरीको घरबाट कोही नभएको मौका छोपी दराजमा राखेको सुनका गरगहना, मोबाइल तथा नगद गरी अन्दाजी १० लाख रुपैयाँ बराबरको चोरी भएको थियो ।

पक्राउ परेका दुवैजनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077