Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गायक शिव परियार भन्छन् - ‘पेशेवर पीडित’ लाई कारवाही गर्ने कानून छैन ?

काठमाडौं । गायक शिव परियारले बलात्कारसम्बन्धी विषयमा विवादास्पद टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा उनले बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरिए नेपाल बलात्कारीहरूको देश भनेर नजिर स्थापित हुन सक्ने बताएका हुन्।

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि उनले गएराति फेसबुकमा स्टाटस लेखेका हुन्।

उनले लेखेका छन्, ‘यो पेशेवर पीडित भनाउँदाहरूलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला नि? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरूको देश नेपाल भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो। कृपया अनुसन्धान होस् ।'

आफ्नै ‘भेरिफाइड’ पेजबाट लेखेर केही समयमै स्टाटस हटाएका उनले भोलि प्रधानमन्त्री, मेयर, देखि समाजसेवीसम्मलाई बलात्कारीको ट्याग लाग्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077