Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रकम लुटेर फरार भएका यादव र दास पक्राउ

धनुषा । बैंकबाट निकालिएको रकम लुटेर फरार भएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६, निकाल निवासी भरोशी भन्ने राम नरेश यादव र सरोज दास रहेका छन् ।

धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका राम दासले गत बुधबार सपही बजारस्थित मेगा बैंकबाट रकम झिकेर निस्किँदै गर्दा मोटरसाइकलमा सवार दुई जनाले उनको साथबाट १ लाख ८१ हजार रकम र मोबाइल लुटेर फरार भएका थिए ।

घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटिएको रकमसहित दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ परेका भरोशी भन्ने रामनरेश यादवको घर नजिकै खाल्डोमा गाडेको अवस्थामा १ लाख ७५ हजार र सरोज दासको साथबाट १५ सय रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077