Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • काठमाडौं महानगरले भन्यो – नक्सा पास नगरी बनाइएका भवनको नक्सा ९० दिनभित्र पेस गर्नू

    काठमाडौं महानगरले भन्यो – नक्सा पास नगरी बनाइएका भवनको नक्सा ९० दिनभित्र पेस गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका भवनको नक्सा ९० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न भनेको हो ।

    बिहीबार महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृतरनियमति गर्न अनुरोध छ ।’



    काठमाडौं महानगरपालिका नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ’ भन्ने नीति समेत उल्लेखित भई पारित भएकाले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।



    तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन एने, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने महानगरले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार