Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धोबिचौर क्षेत्रका टहरा भत्काउन डोजरसहित महानगर प्रहरीको टोली परिचालन

काठमडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली धोबिचौर क्षेत्रका अवैध टहरा भत्काउन परिचालन भएको छ ।

अवैध संरचना घरधनी आफैँले भत्काउन अटेर गरेपछि आफूहरू भत्काउन हिँडेको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरले ३५ दिने अल्टिमेटम जारी गरेर आफैँ अवैध संरचना भत्काउन सूचना दिएको थियो । सूचनापछि पनि अटेर गर्नेहरूमाथि कारबाही गर्दै आएको एसपी पाण्डेले बताए ।

आज बिहान नगरप्रहरी टोलीले बसुन्धारा क्षेत्रका अवैध संरचनामा डोजर चलाएको थियो । महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनाहरु हटाउँदै आएको छ ।

काठमाडौं महानगरले ३२ वटै वडाध्यक्षहरुलाई आफ्नो वडामा रहेको अनधिकृत संरचना, नक्सा अनुसार वेसमेन्ट प्रयोजन भए/नभएको र फुटपाथ अतिक्रणको अनुगमन गरेर हटाउन अनुरोध गरेको थियो ।

वडाबाट भएको निर्देशन नटेरेमा नगर प्रहरीले बल प्रयोग गरेर हटाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077