झापा । तस्करी गरी ल्याएको काठ साइकलमा हालेर ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम जिल्ला चुलाचुली-५ निवासी १९ वर्षीय नवीन लिम्बू , चुलाचुली-३ निवासी २० वर्षीय सुजन श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय धनपति न्यौपाने, फाकफोकथुम-३ निवासी २० वर्षीय रमेश लिम्बु र पाँचथर तुममेवा-१ निवासी २२ वर्षीय विवेक लिम्बू रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार बिहान ३ बजे दमक नगरपालिका-२ स्थित आम्दा रोडबाट अवैध काठसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट सिसौको जातको गोलिया ५ थान २६.८५ क्युवि र सखुवा जातको चिरान काठ १४ थान ११.९५ क्युवि गरी जम्मा ३८.८० क्युवि काठ र काठ काट्ने औजार समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Leave a Reply