Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीद्धारा १८० वटा गाडी किन्न टेण्डर आह्वान

काठमाडौं । नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो ।

नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ ।

अर्थ मन्त्रालयले प्रहरीका लागी गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि सो टेण्डर आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अर्थ मन्त्रालयले प्रहरीलाई ५० लाख नबढ्ने गरी गाडी खरिद गर्न भनेको छ ।

मङ्सिरमा ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि नै पिकअप गाडी खरिद गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077