Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नारायणी पुलबाट हाम्फालेर एक युवक बेपत्ता

काठमाडौं । चितवन र नवलपुरलाई जोड्ने नारायणगढस्थित नारायणी नदीको पुलबाट आज मंगलबार बिहान एक युवक हाम्फालेर वेपत्ता भएका छन् ।

बिहान सवा नौ बजेतिर नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका युवक पुलबाट हाम्फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटना थाहा भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो ।

बेपत्ता युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077