Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड भन्छन्– कांग्रेसले ८० सिटको वरिपरि मान्ने सम्भावना बढेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँट गर्दा नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८० सिटमा मान्ने सम्भावना बढेको बताएका छन्।

मंगलबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भोलि बुधबारसम्म सिट बाँडफाँटको टुंगो लाग्ने पनि जानकारी दिए। यसअघि नेपाली कांग्रेसले एक सय सिट दाबी गरिरहेको थियो।

प्रचण्डले आफूहरूले ६० आसपास सिट पाउने पनि बताए। यसैगरी, एकीकृत समाजवादी र जसपाले २५/२५ सिट दाबी गरेको र सबै दलको दाबी अनुसार सहमति खोज्ने प्रयास भइरहेको बताए।

‘तपाईंहरूलाई थाहै छ, नेपाली कांग्रेसले यसअघि सय सिट नभई हुँदैन भनिराखेको थियो। अहिले कांग्रेस ८० को वरिपरि आउने सम्भावना बढ्दो छ। हामीले पनि ६० भनेका छौं । ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि होला भन्ने हाम्रो विश्वास छ’, प्रचण्डले भने।

उनले मिलेको जति कार्यदलले मिलाउने र मिल्न बाँकीलाई शीर्ष तहमा बसेर टुंग्याउने बताए। प्रचण्डले सिट संख्यामा दाबी आ-आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077