Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा छ, बुधबारभित्र टुंगिन्छ : प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताएका छन् ।

उनले अबको दुई तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुंगो लाग्ने दाबी गरेका हुन् ।

पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुगेका प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको बताए ।

उनले भने,'कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुंगो लगाउँछ ।'

अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077