Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आगामी निर्वाचनका लागि तोकिए १० हजार ८८८ मतदान स्थल

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० हजार ८८८ मतदान स्थल तोकिएका छन् । निर्वाचन आयोगले केही मतदान स्थल पुनरवलोकन गरेर संख्या निर्धारण गरेको हो ।

जिल्लाभरका मतदान स्थल पुनरावलोकन हुँदा एकहजार १२३ मतदान स्थलको त्रुटि सच्याइएको आयोगले जनाएको छ । आयोगका अनुसार साविकका ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदान स्थल निर्धारण गरिएको छ ।

यस्तै १६३ मतदान स्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदान स्थल निर्धारण गरिएको साथै २८ वटा मतदान स्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको आयोगले जनाएको छ ।

यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । त्यस्तै मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077