छन्दु । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परि सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।
स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो ।
राष्ट्रिय आपत्कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।
Leave a Reply