Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भन्सार छलीका ६ आइफोनसहित कृष्ण र सबिन पक्राउ

काठमाडौं । भन्सार छली चोरी पैठारी गरी ल्याइएका ६ थान आइफोन मोबाइलहरूसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ महानगरपालिका-१४ बल्खुबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय सबिन छेंगुतला र स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भई हाल काठमाडौँ ठमेल बस्ने २२ वर्षीय कृष्ण बहादुर थापा रहेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका मोबाइलहरू बिक्री भइरहेको भन्ने सूचनाको आधारमा

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोबाइलहरू सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077