Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ

कञ्चनपुर । दलित समुदायलाई विभेद गर्ने पुजारीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १६ गते महाकाली नदीमा पूजा गर्दा दलित समुदायलाई विभेद गर्ने पुजारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भिमदत्त नगरपालिका १० का सहदेब भट्टले महाकाली नदीको भुजेला घाटमा ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिलाहरुलाई जातकै आधारमा विभेद गरेका थिए।

आइतबार पीडित भिमदत्त नगरपालिका ५ का सन्जु नेपालीले पुजारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध सम्बन्धी मुद्दा जाहेरी दर्ता गरेकी थिइन्।

सोमबार पुजारीलाई अदालतबाट म्याद थप् गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ब्रतालु महिलाले पुजापाठका लागि आग्रह गर्ने पुजारीले गोत्र सोध्दा थर खुलेपछि उनी पुजापाठ नगर्ने भन्दै पन्छिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077