Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टाटा ग्रुपका पूर्वप्रमुख साइरस मिस्त्रीको कार दुर्घटनामा निधन

एजेन्सी । टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ ।

भारतीय मिडियाका अनुसार मुम्बईनजिकको पालघर भन्ने स्थानमा मिस्त्रीको गाडी दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनापछि मिस्त्रीलाई अस्पताल लगिए पनि त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो । प्रहरी अधिकारीका अनुसार मिस्त्री उनको मर्सिडिजमा अहमदावादबाट मुम्बईतर्फ यात्रा गरिरहेका थिए।

उनीसँगै यात्रा गरिरहेका कार ड्राइभर र अर्का व्यक्ति पनि घटनामा सख्त घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077