काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् ।
यही क्रममा गुल्मी–१ बाट एमाले उपमहासचिव प्रदीप ज्ञवालीको नाम एकल सिफारिस भएको छ ।
एमाले गुल्मीको आइतबार बसेको बैठकले ज्ञवालीलाई प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।
गुल्मी–१ बाट कांग्रेसले चन्द्र भण्डारीसहित चार जनाको नाम सिफारिस गरेको छ ।