Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • देशमा सुशासन कायम नभए मुलुक श्रीलंका बन्छ : रामचन्द्र पौडेल

    देशमा सुशासन कायम नभए मुलुक श्रीलंका बन्छ : रामचन्द्र पौडेल

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 813
    SHARES

    काठमाडौं । देशमा सुशासन कायम नभए मुलुक श्रीलंका बन्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाबी गरेका छन् ।

    आइतवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताउँदै देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भूमिका रहने उल्लेख गरे ।



    वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन कायम गर्न नसके मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन नसक्ने बताए ।

    उनले संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

    व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन नसकिने भन्दै देशमा स्थिरता कायम गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार