Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खैरो हेरोइनसहित खाजा घरबाट तुलाचन पक्राउ

पोखरा । खैरो हेरोइनसहित प्रहरीले कास्कीबाट १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाजा घर सञ्चालक धादिङको गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन छन् ।

प्रहरीले उनलाई पोखरा महानगरपालिका–१४ चाउथे कदममार्गस्थित खाजा घरबाट पक्राउ गरेको हो ।

तुलाचनको साथबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खाजा घरमा लागुऔषध बिक्री भइरहेको सुराकको आधरामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले तुलाचनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077