Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बर्दिया । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मधुवन नगरपालिका–४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी समेत रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077