Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हेटौँडाबाट ७४ किलो गाँजासहित दुईजना पक्राउ

हेटौँडा । मकवानपुरबाट प्रहरीले ७४ किलो ७० ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका-३ बर्मानगरका ३४ वर्षीया चन्द्रकुमारी श्रेष्ठ छन्।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश०१-०२५च १९४२ नं.को तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट ३१ हजार रुपैयाँ पनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077