Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अध्यक्ष ओलीकाे आराेप - वर्ष दिनमै गठबन्धनले देशलाई कङ्गाल बनायो

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कङ्गाल बनाएको आरोप लगाएका छन् ।

शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले अघिल्लो सरकारले ल्याएका आयोजनाहरू कटौती गरेर वर्तमान सरकारले देश बेहाल बनाएको बताए ।

उनले भने, ‘मङ्सिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनैपर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले देशलाई बेहाल बनाइसकेको छ । त्यस कारण देशको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’

अध्यक्ष ओलीले नेकपा एमाले गड्यौलाजस्तो नभएको भन्दै दुईवटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताए । अध्यक्ष ओलीले मंसिर ४ गते हुने निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रताले हार्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077