Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रीमतीको हत्या गर्ने देवर र भाउजु पक्राउ

बारा । भाउजुसँग मिलेर आफ्नै श्रीमतीको हत्या गर्ने सैमोदिन अन्सारी र उनकी भाउजुलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पोष्टमार्टम गर्दासमेत हत्या भएको देखिएपछि प्रहरीले बारा महागढीमाई नगरपालिका–३ गंजभवानीपुरका २७ वर्षीय सैमोदिन अन्सारी र २५ वर्षीय अप्सना खातुनलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

हिजो बिहीवार बेलुका ५ बजे आफ्नै घरमा २५ वर्षीय सहनाज खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले अनुसन्धान गर्दा शरीरमा घाउँ देखिएको थियो ।

प्रहरीले उनीहरूलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077