काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विकृत रुपमा आएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा विधेयकमाथिको छलफलमा बोल्दै पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले मिडिया काउन्सिल विधेयक आउनु राम्रो भएपनि विकृत रुपमा आएकाले सच्याउन जरुरी रहेको बताए ।
उनले उक्त विधेयकको भु्रण हत्या हुन्छ कि भन्ने लागेको पनि टिप्पणी गरे ।
बाँस्कोटाले भने, ‘ आज दश लाखसम्म जरिवाना गर्न पाउने भनेर आएछ । एउटै चिजलाई हेर्ने आँखा कस्ता हुन् ? गज्जब छ । अचम्म लागेको छ । मनिटरिङको सिस्टम अनलाइनमा ठिक छ ।
उनले मिडियालाई स्वायत्त बनाउने हो भने सोही क्षेत्रका निर्वाचित तीन जना मानिसहरु राख्नुपर्ने भनिए पनि अहिले आएको विधेयकमा सबै सरकारले मनोनित गर्ने गरी आएकोमा आफु छक्क परेको बताए ।
Leave a Reply