Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गठबन्धनलाई नै प्रभावकारी बनाउने हो, एमालेसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् । सुर्खेतमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘एमालेसँग सहकार्यबारे अहिले तत्काल केही देखिएको छैन। एमालेसँग हामीले भन्दै आएको कुरा के हो भने, संसद विघटनलगायत कुरा आत्मसमीक्षालगायत प्रष्ट नभइकन सहकार्य हुने देखिँदैन,’ उनले भने।

बरु गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजाने उनले बताए। यस्तै उनले नेकपा एकीकृत समाजवादी र माओवादी साझा घोषणा पत्र बनाएर चुनाव जाने बताएका छन् ।

तर चुनाव चिन्ह भने आ-आफ्नै हुने उनको भनाइ छ । उनले पार्टी एकताका लागि संयोजन समिति पनि गठन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077