Online Nepal
  • बुधबार, २१ फाल्गुन २०८१
  • मतपेटिका खरिद विवाद : ठेक्का तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश

    मतपेटिका खरिद विवाद : ठेक्का तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी ठेक्का ‘शशीधर/काविल/ब्रिजटेक जेभी’ कम्पनीलाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

    न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले बुधबार उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।



    अयोग्य कम्पनीको बोलपत्रलाई निर्वाचन आयोगले स्वीकृत गरेको उल्लेख गर्दै ग्यावियोनेट इन्भारोमन्ट सोलुसन प्रालिले दायर गरेको रिट निवेदनमा अदाललते निर्वाचन आयोगको नाममा उक्त आदेश गरेको हो ।

    आदेशमा भनिएको छ,’मतपेटिकाको बोलपत्रसम्बन्धी कार्य जुन अवस्थामा रहेको छ, त्यही अवस्थामा राख्नहुन ।’ अदालतले दुवै पक्षलाई छलफलका लागि यही भदौ १९ गते बोलाएको छ ।

    मतपेटिका खरिदको ठेक्का प्रक्रियामा सबै मापदण्ड र प्रक्रिया पूरा गरी सहभागी भएका ६ कम्पनीमध्ये एक ‘ग्याविओनेट इन्भारोमेन्ट सोलुसन प्रालि’ले निर्वाचन आयोगमै पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार