Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हसियाँले हानेर महिलाकाे हत्या, एक पुरुष पक्राउ

नुवाकोट । ५० वर्षीया दुर्गा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपममा सोही ठाउँका ४० वर्षीय शम्भु तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

शम्भुले भदौ ५ गते बिहान धारिलो हतियार हसियाँ प्रहार गर्दा दुर्गा गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि खरानीटार अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएकोमा न्यौपानेको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय खरानीटारलेजनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077