Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दाका फरार शाही बिजुली बजारबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका–६ बस्ने ६१ वर्षीय सिताराम शाही छन् । प्रहरीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो ।

बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ असार ६ मा उनलाई १६ लाख १९ हजार जरिवाना तथा ४ दिन कैद सजाय ठहर गरेको थियो ।

फैसलापछि फरार शाहीलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077