Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

किन्ने बहानामा महिलाले लुटिन साढे ५ तोला सुन, लुट्ने र किन्ने दुबै पक्राउ

काठमाडौं । सुन किन्ने बहानामा साढे ५ तोला सुन लुटने महिलालाई प्रहरीले पक्राउ गरेको छ । नयाँपाटी स्थित सनराइज सुनचाँदी पसलमा सुन किन्न गएर दुईवटा सुनको सिक्री र ब्रसलेटर लुटेर भाग्ने ममता शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पा भदौ ९ साढे ५ तोला सुन लुटेर पठाओ चढेर भागेकी थिइन। लुटमा संलग्न महिला पहिचान गरेर भदौ १४ मा बुढानीलकण्ठ नगरपालिका स्थित कपनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी वृत बौद्धको टोलीले चोरीको सुन किन्ने झापा घर भएका ४७ वर्षका टंक कालिकोटेलाई पनि पक्राउ गरेको छ । लुटेको सुनको सिक्री २ थान (३ तोला) र ब्रासलेट १ थान (साढे २ तोला) बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुन लुटेपछि आरोपी बा.५१ प ५० नम्बरको पठाओ चढेर भागेकी थिइन् । पठाओबाट अनुसन्धान शुरु गरेर प्रहरी ममता शेर्पासम्म पुगेको थियो । सुन लुट्ने र किन्ने बिरुद्ध चोरी मुद्दामा म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077