Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यौनदुर्व्यवहारको आरोपमा गैसस अध्यक्ष ढकाल पक्राउ

मोरङ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाललाई अप्राकृतिक यौनदुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१२ बाट ५५ वर्षीय ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

१३ वर्षीय बालकलाई अप्राकृतिक यौनदुर्व्यवहार गरेको आरोप ढकालमाथि लागेको छ । बालकलाई यौन दुव्यवहार गरेको आरोपमा ढकालविरुद्ध किटानी जाहेरी परेको छ ।

बालकलाई धम्की दिएर पटकपटक दुर्व्यवहार गरेको आरोप छ । यस विषयमा थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ढकाल शिक्षा क्षेत्रमा क्रियाशील एजुकेशन हेल्पलाइनका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077