Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ३४ युट्युब च्यानललाई कारबाही गर्न प्रेस काउन्सिलद्धारा साइबर ब्युरोलाई सिफारिस

    ३४ युट्युब च्यानललाई कारबाही गर्न प्रेस काउन्सिलद्धारा साइबर ब्युरोलाई सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले काउन्सिलले पछिल्लो एक वर्षमा पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गरेको छ ।

    दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिताबमोजिम कारबाही गरिएको काउन्सिलसको विज्ञप्तिमा उल्लेख छ ।



    पछिल्लोपटक आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ ।



    सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने वीरगोर्खाली नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न साइबर ब्युरोलाई सिफारिस गरिएको काउन्सिलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार