कञ्चनपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाएका छन् ।
कञ्चनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री देउवा भारत भ्रमणमा म्याउँम्याउँ गर्नुभयो ।’
महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न नसकेको ओलीले आरोप लगाए ।
लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवाले कुरा उठाउन नसकेको आरोप लगाए । गठबन्धनको फूर्ति मंसिर ४ सम्म मात्र रहेको ओलीले टिप्पणी गरे । माथिका नेता गठबन्धनमा मस्त रहेको भन्दै ओलीले बताए ।
Leave a Reply