Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सांसद तामाङ र चौधरी एमालेमा फिर्ता

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका दुई जना सांसद नेकपा एमालेमा फिर्ता भएका छन्। फिर्ता हुनेमा कुलवीर चौधरी र तारालामा तामाङ रहेका छन्।

बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्। बुधबार बिहानै ओली कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधनका लागि पुगेका थिए।

उनको उपस्थितिमा तामाङ र चौधरी मूल पार्टीमै फिर्ता भएका छन्। चौधरी नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम सरकारमा राज्यमन्त्रीसमेत थिए।

नेकपा एमालेमा प्रवेश गर्ने भएपछि उनलाई समाजवादीले मन्त्री पदबाट बर्खास्त गरिसकेको छ। यस्तै तारा लामा तामाङ पनि प्रदेश सांसद हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077