Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली सुदूरपश्चिममा, सांसददेखि पूर्वमन्त्रीलाई एमालेमा स्वागत गर्ने

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली पुगेका छन्। संघीय सांसद र पूर्वमन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमाले भित्र्याउन ओली कैलालीबाट कञ्‍चनपुर प्रस्थान गरेका छन्।

प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी,नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ,वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीर बहादुर बुढाथोकी लगायतलाई ओलीले आज एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ।

माओवादीबाट पनि ठूलो संख्यामा आज एमाले प्रवेश गर्ने जनाइएको छ।

माओवादी केन्द्रका प्रभावशाली नेता नेता शंकर दत्त जोशी, मोहन गिरी लगायतका नेताहरू पनि भोलि एमाले प्रवेश गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077