Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित गुरागाई पक्राउ

ताप्लेजुङ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई रहेका छन् ।

नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौंतर्फ आइरहेको प्र.०२.०३.००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा ९ ग्राम लागुऔषध ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुरागाईलाई काठमाडौं जिल्ला अदालतबाट १० को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077